काठमाडौं । ग्लोबल आइएमई बैंकले साधारणसभा बोलाएको छ । बैंकको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णग गरेको हो ।
बैंकले मंसिर २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ९ बजे बस्नेगरि सभा बोलाएको छ । सभाले प्रस्तावित एक प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
साधारणसभाले सञ्चालक समिति पनि चयन गर्नेछ। संस्थापकबाट तीन र सर्वसाधारणबाट अर्को तीनजना नयाँ सञ्चालकको चयन हुनेछन्। सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, सभाले आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक पनि निर्धारण गर्नेछ ।
बैंकले साधारण सभा प्रयोजनको लागि मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा मंसिर १२ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।



