काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले साधारणसभा बोलाएको छ । बैंकको विहीबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
बैंकले मंसिर २३ गते, शनिवार, ड्रिमल्याण्ड गोल्ड एण्ड होटल प्रा.लि., मणिग्राम रुपन्देहिमामा विहान ११ बजे बस्नेगरि सभा बोलाएको छ ।
सभाले हाल कायम चुक्ता पूँजीको १०.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक र अन्य बैंक तथा वित्तयि संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर ११ गतेदेखि मंसिर २३ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंसिर १० गतेसम्म कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।



