काठमाडौं । कामना सेवा विकास बैंकले लगानीकर्ताको हात खाली बनाएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानीकर्तालाई बोनश/नगद कुनै पनि लाभांश नबाढ्ने निर्णय गरेको छ । बैंकको सोही बैठकले २०८० आषाढ मसान्तको बासलात, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा संचिती गर्ने निर्णय गरेको हो ।
सोही निर्णय गरी बैंकले सो आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गरेको छ।