images
images

एलआइसी नेपालले बोलायो वार्षिक साधारण, बुक क्लोज कहिले ?


  • 433
    SHARES
  • २०८० कार्तिक २१ गते मंगलबार

    एलआइसी नेपालले बोलायो वार्षिक साधारण, बुक क्लोज कहिले ?

    काठमाडौं । एलआइसी नेपालले  वार्षिक साधारण बोलाएको छ । कम्पनीको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । कम्पनीले मंसिर १८ गते  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा विहान ११ः१५ बजे बस्नेगरि सभा बोलाएको छ । 

    यस वर्ष पनि कम्पनीले लाभांश प्रस्ताव गरेको छैन् । सभाले सभाले अध्यक्षद्धारा संचालक समितिको वार्षिक प्रतिवेदन २०७८÷७९ प्रस्तुत गरी अनुमोदन गर्नेछ ।

    सभाले खेखापरिक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तसम्मको वासलात, आथिृक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्नेछ । सभाले लेखा परीक्षक समितिको सिफारिसमा आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका विविध प्रस्ताव पारित हुनेछ ।

    साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ११ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर१० गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।


    images
    images

    Logo