images
images

आरएसडिसी लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 


  • 397
    SHARES
  • २०८० कार्तिक २० गते सोमबार

    आरएसडिसी लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

    काठमाडौं । आरएसडिसी लघुवित्तले साधारणसभा बोलाएको छ । कात्तिक १८ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    लघुवित्तले मसिंर १५ गते शुक्रबार वेष्टर्न एशियन होटल प्रा.लि बुटवल, कालिकास्थानमा विहान ९ बजे बस्नेगरि सभा बोलाएको छ । 

    सभाले हाल कायम चुक्ता पूँजीको ८.६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

    त्यसैगरी, सभाले शेयर स्वामित्व परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंसिर ७ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

     


    images
    images

    Logo