images
images

सेनाले माग्यो २२९ जना नयाँ भर्ना, कहिलेसम्म आवेदन दिने ?


  • 586
    SHARES
  • २०८० कार्तिक १७ गते शुक्रबार

    सेनाले माग्यो २२९ जना नयाँ भर्ना, कहिलेसम्म आवेदन दिने ?

    काठमाडौं । नेपाली सेनाले २२९ अधिकृत (सहायक सेनानी) को लागि आवेदन खुलाएको छ । आज गोरखापत्रमा सूचना प्रकाशित गर्दै रिक्त रहेका २२९ पदका लागि आह्वान गरेको हो । 

    सैनिक साधारण सेवा अन्तर्गत अधिकृत क्याडेट पदका लागि तालिम वा कामका क्रममा घाइते वा मृत्यु भएका सैनिकका सन्ततीका लागि १२ वटा कोटा छुट्याइएको छ । त्यस्तै, खुल्ला तर्फ १२२ जना, महिला १७ जना, आदिवासी जनजाती ३३ जना, मधेशी २७ जना, दलित १५ जना र पिछडिएका क्षेत्रका ३ जना गरि जम्मा २२९ रिक्त पदका लागि आवेदन खुलाइएको छ । 

    योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारीक वेबसाइटबाट अनलाईन दरखास्त फारम भरी प्रिन्ट आउट सहित आफैं उपस्थित भई तोकिएको भर्ना केन्द्रमा १० रुपैयाँको टिकट काटेर दरखास्त पेश गर्न सकिने सूचनामा उल्लेख गरिएको छ । 

    उक्त पदका लागि आज शुक्रबारदेखि मंसिर १६ गतेसम्म एक हजार रुपैयाँ दस्तुर बुझाएर आवेदन दिन सकिनेछ । समावेशीतर्फ एकभन्दा बढी समूहमा दरखास्त दिए प्रत्येक समूहका लागि २०% थप दस्तुर लाग्ने सूचनामा जनाइएको छ । कंसिर १७ देखि २३ गतेसम्म आवेदन दिँदा भने दोब्बर दस्तुर तिर्नुपर्ने सूचनामा जनाइएको छ । 

    Sena 1.JPG

    sena 2.JPG


    images
    images

    Logo