images
images

सिद्धार्थ बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 


  • 512
    SHARES
  • २०८० कार्तिक १४ गते मंगलबार

    सिद्धार्थ बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

    काठमाडौं । सिद्धार्थ बैंकले वार्षिक साधारणसभा बोलाएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    बैंकले मंसिर ५ गते, आम्रपाली ब्यांकेट बालुवाटार काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको हो। बैंकले बिहान १० बजे बस्नेगरि सो सभा बोलाएको छ । 

    सभाले हाल कायम चुक्ता पूँजीको ४.२१ प्रतिशतका दरले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १ सय ६६ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    त्यसैगरी, अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्वायर गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ। 

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक २१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


    images
    images

    Logo