काठमाडौं । मारुती सिमेन्ट्स लिमिटेडले प्रिमियममा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रस्ताव पारितका लागि साधारण सभा आव्हान गरेको छ । कम्पनीले कात्तिक २१ गते कम्पनीको रजिष्टर्ड कार्यालय, विराटनगरमा बिहान ११ः३० बजे बस्ने गरि सभा बोलाएको छ ।
आईपीओ निष्कासन प्रस्तावसहित गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गर्नेछ । सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
अग्राधिकार सेयर कायम, बोनस सेयर वितरण र हकप्रद निष्कासनपछि कायम हुने अधिकृत, जारी र चुक्तापुँजी बमोजिम नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण प्रस्ताव समेत पारित गर्नेछ ।



