images
images

एनआईसी एशिया म्युचुअल फण्डका दुई योजनाहरुको लाभांश घोषणा


  • 485
    SHARES
  • २०८० आश्विन २९ गते सोमबार

    एनआईसी एशिया म्युचुअल फण्डका दुई योजनाहरुको लाभांश घोषणा

    काठमाडौं । एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाहरुले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

    एनआईसी एशिया क्यापिटलको असोज २७ गते सम्पन्न संचालक समितिको बैठकले एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डको लाभांश घोषणा गरेको हो ।

    आर्थिक वर्ष २०७९÷८० का लागि लाभांश घोषणा भएको हो ।  जस अनुसार एनआईसी एशिया ग्रोथ फण्डले इकाईधनीहरुलाई १०.५० प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

    त्यस्तै एनआईसी एशिया ब्यालेन्सड् फण्डले इकाईधनीहरुलाई १० प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

    क्यापिटलले लाभांश वितरणको लागि बुक क्लोज मिति पछि तय गर्ने जनाएको छ । 

     

     


    images
    images

    Logo