काठमाडौ । युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असुोज २६ गते भुर्चुअल माध्यमबाट सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक बर्ष २०७९/८० बाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले १५८० प्रतिशत नगद लाभांश अर्थात् प्रति शेयर १५८० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुने छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १२ गतेदेखि मङ्सिर २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले मङ्सिर ११ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन सक्ने छन् । कम्पनीले साधारणसभा भएको ४५ दिन भित्र लाभांश वितरण गरिसक्ने जनाएको छ ।