images
images

मेलम्ची खानेपानी आयोजनाको मुहान सारिने


  • 670
    SHARES
  • २०८० आश्विन २९ गते सोमबार

    मेलम्ची खानेपानी आयोजनाको मुहान सारिने

    काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुहान (हेडवर्क्स) सारिने भएको छ । अहिले सिन्धुपाल्चोकको हेलम्बुमा रहेको हेडवर्क्स सो क्षेत्रको भूबनोट तथा बाढीपहिरोको जोखिमका कारण सार्नुपर्ने भएको मेलम्ची खानेपानी आयोजना विकास समितिले जनाएको छ ।

    समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले एसियाली विकास बैङ्क (एडिबी) ले गरेको अध्ययन प्रतिवेदनका आधारमा आयोजनाको हेडवर्क्स अहिले भएको स्थानभन्दा करिब एक किलोमिटर माथि सार्नुपर्ने भएको जानकारी दिए। एडिबी सो आयोजनाको दातृ निकाय हो । मेलम्ची खोलामा आएको पटक पटकको बाढीपहिरोले सो हेडवर्क्स क्षतिग्रस्त हुँदै आएको छ ।

    पन्तले भने, “बैङ्कले आयोजनालाई अध्ययन प्रतिवेदन बुझाइसकेको छ । अब सो सम्बन्धमा काम अगाडि बढाउन सरकारले निर्णय गर्नु पर्छ। निर्णयपछि नयाँ हेडवर्क्स बनाउन सिफारिस गरिएको ठाउँको भौगर्भिक अध्ययनका साथै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गर्न परामर्शदाता चयनका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नु पर्छ। भौगर्भिक अध्ययन (डिपिआर) प्रतिवेदन स्वीकृत भएपछि हेडवर्क्स निर्माणका लागि निर्माण कम्पनी छनोट प्रक्रिया अगाडि बढ्छ ।’ 


    images
    images

    Logo