images
images

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा


  • 517
    SHARES
  • २०८० आश्विन २४ गते बुधबार

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ ।  कम्पनीको असोज २३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब २८ करोड ३८ लाख रुपैयाँ रहेको छ ।

     नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
     


    images
    images

    Logo