images
images

आरएसडिसी लघुवित्तले गर्यो लाभांश घोषणा


  • 583
    SHARES
  • २०८० आश्विन २१ गते आइतबार

    आरएसडिसी लघुवित्तले गर्यो लाभांश घोषणा

    काठमाडौं । आरएसडिसी लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

    लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.०५२६ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  सोमध्ये ८.६० प्रतिशत बोनस शेयर रहेको छ भने बाँकी ०.४५२६ प्रतिशत नगद लाभांश रहेको छ।

    नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

     


    images
    images

    Logo