काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक बर्ष २०७९/८० सम्मको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोंनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ नगद गरि कुल १०.५२६३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँको कुल १०.५२६३ प्रतिशतले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसमा १० प्रतिशतले हुन आउने ३० करोड ८९ लाख २५ हजार १ सय रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ६२ लाख ५९ हजार २ सय १५ रुपैयाँ नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको हो। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्ताले पाउन सक्ने छन् ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् भने कम्पनीले कार्तिक २३ गते साधारणसभा बोलाएको छ ।



