काठमाडौं। सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । लघुवित्तले असोज ३० गते मंगलबार, होटल उग्रचण्डी, बनेपा, काभ्रेपलाञ्चोकमा विशेष साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्ज हुने, शेयर स्वाप रेशियो १ बराबर ०.८५३५ कायम गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले गाभिएपश्चात् गठन हुने सञ्चालक समितिको कार्यकाल सम्बन्धमा, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
विशेष साधारण सभा प्रयोजनार्थ लघुवित्तले असोज २१ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।



