images
images

नविल व्यालेन्सड फण्ड २ ले गर्यो लाभांश घोषणा 


  • 954
    SHARES
  • २०८० आश्विन १२ गते शुक्रबार

    नविल व्यालेन्सड फण्ड २ ले गर्यो लाभांश घोषणा 

    काठमाडौं । नविल व्यालेन्सड फण्ड २ ले लाभांश घोषणा गरेको छ । नविल इन्भेष्टमेन्ट बैकिङ्ग योजना व्यवस्थापक रही सञ्चालनमा रहेको नविल व्यालेन्सड फण्ड २ को आर्थिक बर्ष २०७९/८० को लाभांश घोषणा गरेको हो । 

    फण्डको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको सञ्चालक समितिको बैठकले करसहित ९.६ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ। फण्डको आकार १ अर्ब १२ करोड रुपैयाँ रहेको छ। यस अनुसार फण्डले १० करोड ७५ लाख २० हजार रुपैयाँ बराबरको प्रतिफल वितरण गर्नेछ।

    प्रतिफल वितरण प्रयोजनार्थ फण्डले असोज २६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार असोज २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

    फण्डको कोष प्रबर्धक नबिल बैंक लिमिटेड रहेको छ।

     

     


    images
    images

    Logo