images
images

जोशी हाइड्रोपावरले पुन : डाक्यो वार्षिक साधारणसभा 


  • 1.6K
    SHARES
  • २०८० आश्विन ११ गते बिहीबार

    जोशी हाइड्रोपावरले पुन : डाक्यो वार्षिक साधारणसभा 

    काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्नो वार्षिक साधारणसभा पुनः बोलाएको छ । कम्पनी सञ्चालक समितिको बैठकले यसअघि स्थगित कम्पनीको वार्षिक साधारणसभा यही असोज १९ गते आयोजना गर्ने निर्णय गरेको हो। 

    सभा काठमाडौंको सुकेधारास्थित रोलिब्रेसन हाइटमा बिहान १० बजेबस्ने भएको छ । यसअघि गत भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा गत भदौ ३१ गते आयोजना गर्ने निर्णय गरेको थियो। तर, गणपूरक संख्या नपुगेपछि सभा स्थगित भएको थियो। 

    सभाले कम्पनीको जारी पुँजीको १ः०.६५ अनुपातमा अर्थात ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ। विद्युत नियमन आयोगले गत साउन १५ गते यो कम्पनीलाई हकप्रद सेयर जारी गर्ने प्रस्ताव वार्षिक साधारणसभा पेस गर्न अनुमति दिएको थियो। 

    हकप्रद जारीपछि कम्पनीको पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र निमायवलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। सभाले आर्थिक वर्ष २०७८/७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ। 

    वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले गत भदौ १८ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ भदौ १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको साधारणसभा भाग लिन पाउनेछन्।


    images
    images

    Logo