images
images

नयाँ डिजाइनमा ग्वार्को फ्लाइओभर निर्माण फेरि सुरु, ६ महिनामा बनिसक्ने


  • 1.2K
    SHARES
  • २०८० आश्विन ८ गते सोमबार

    नयाँ डिजाइनमा ग्वार्को फ्लाइओभर निर्माण फेरि सुरु, ६ महिनामा बनिसक्ने

    काठमाडौं । ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको निर्माण कार्य पुनः सुरु भएको छ । फ्लाइओभरको नयाँँ डिजाइन स्वीकृत भएसँगै निर्माण कार्य पुनः सुरु भएको हो । 

    गत माघको अन्तिम सातामा काम सुरु गरिएको फ्लाइओभरको निर्माण असारमा रोकिएको थियो । डिजाइनमा त्रुटि भएको र आवश्यक उपकरण उपलब्ध हुन नसकेको भन्दै निर्माण रोकिएको थियो । सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका इन्जिनियर राकेश महर्जनले फ्लाइओभरको काम पुनः सुरु भएको बताउँदै भने, “नयाँ डिजाइन अनुसारको उपकरण ल्याएसँगै साइटमा काम सुरु भएको छ । अब डिजाइन, उपकरण, जनशक्ति र आर्थिकलगायतको कुनै पनि समस्या छैन ।” 

    भारतबाट भाइभ्रो हेम्मर, पायल राख्ने व्रmेन, पाइल रिग मेसिनलगायतका उपकरण ल्याइएको छ । उनका अनुसार अहिले मुख्य रूपमा पाइल राख्ने काम भइरहेको छ । अहिलेसम्म तीन वटा पाइल जमिनमा गाडिसकिएको छ । करिब ५० जना जनशक्तिलाई काममा प्रयोग गरिएको छ । 

    मेसिनमा आधारित काम बढी भएकाले अहिले जनशक्ति कम राखेर निर्माण सुरु गरिएको बताइएको छ । उनले सम्झौता अनुुसारको निर्धारित समयमा नै निर्माण सम्पन्न हुने दाबी गरे । चालु आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।


    images
    images

    Logo