images
images

एनआईसी एसिया बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 1.5K
    SHARES
  • २०८० आश्विन ५ गते शुक्रबार

    एनआईसी एसिया बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । एनआईसी एसिया बैंकले साधारणसभा बोलाएको छ ।बैंकको शुक्रबार अथात् आज विहान बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

    बैंकले असोज २८ गते, आइतबारे आर्मी अफिसर्स क्लब, भद्रकाली काठामाडौंमा वार्षिक साधारण सभा बोलाएको हो। बैंकको २६ औँ वार्षिक साधारण सभा बिहान ९ बजे बस्नेगरि सो सभा बोलाएको छ । 

    सभाले हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

    साधारण सभा प्रयोजनार्थ बैंकले असोज १६ गते देखि २८ गतेसम्मका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


    images
    images

    Logo