images
images

सुपरमाई हाइड्रोपावरले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 891
    SHARES
  • २०८० आश्विन ४ गते बिहीबार

    सुपरमाई हाइड्रोपावरले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । सुपरमाई हाइड्रोपावरले साधारणसभा बोलाएको छ । कम्पनीको भदौ २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असोज २६ गते लिसरा रिसेप्सन प्रालि, नक्साल, काठमाडौंमा विहान ११ बजेगरि सभा बोलाएको हो ।

    सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    सभाले सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्ती अनुमोदनको विषय पनि सभाका लागि तय भएको छ । प्रबन्धपत्रको दफ ६ (ङ) मा भएको व्यवस्था खारेज गर्ने विषय सभामा पेश गर्ने जनाएको छ ।


    कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज १५ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन पाउने छन् ।

     


    images
    images

    Logo