काठमाडौं । सिद्धार्थ क्यापिटलले साधारणसभा आह्वान गरेको छ । क्यापिटलले असोज २५ गते साधारणसभा आह्वान गरेको हो ।
सभाले कम्पनीको आर्थिक वर्ष २०७९।८० सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत अर्थात ५ करोड रुपैयाँ सहित नगद लाभांश प्रदान गर्न सञ्चालक समितिले गरेको प्रस्ताव पारित गर्नेछ ।
साधारणसभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित अन्य वित्तीय प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष ८०र८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको रकम पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।