काठमाडौं । एनएमबि क्यापिटलले सञ्चालन गरेको २ म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । एनएमबि क्यापिटलको असोज १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को लागि एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि फिफ्टीले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
जस अनुसार एनएमबि हाइब्रिड फण्ड एल १ ले कर सहित १५ प्रतिशत र एनएमबि फिफ्टीले कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
क्यापिटलले लाभांश वितरणको लागि असोज १२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज ११ गतेसम्म कायम इकाईधनीले मात्र उक्त लाभांश पाउन सक्ने छन् ।