images
images

ओरियन्टल होटलले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 346
    SHARES
  • २०८० आश्विन २ गते मंगलबार

    ओरियन्टल होटलले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडले साधारणसभा बोलाएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

     होटलले असोज २५ गते, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा विहान ११ बजेगरि सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशतले हुन आउने ५ करोड ९३ लाख ७३ हजार १ सय ८० रुपैयाँ ९३ पैसा बराबरको नगद लाभांश (कर सहित)वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसका साथै, सभाले लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज ११ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

     

     

     


    images
    images

    Logo