images
images

नेष्डो समृद्ध लघुवित्तले बोलायो बार्षिक साधारणसभा, बुक क्लोज कहिले ?


  • 521
    SHARES
  • २०८० भाद्र ३१ गते आइतबार

    नेष्डो समृद्ध लघुवित्तले बोलायो बार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले बार्षिक साधारणसभा आह्वान गरेको छ । शक्रबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    लघुवित्तले असोज २६ गते रोयल कुश्मा रिसोर्ट, कुश्मामा दिउँसो १ः३० बजे बस्नेगरि सभा बोलाएको छ । सभाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट कर सहित १७.९३४२ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

    सभाले सञ्चालक समितिको तर्फवाट आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ भने लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ । 

    यस वित्तीय संस्थाले अन्य इजाजतपत्र प्राप्त कुनै एक वा एक भन्दा वढि उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ती गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्वको मुल्यांकन प्रतिवेदन तयार गर्न मुल्यांकनकर्ताको नियुक्ती तथा नीजको पारिश्रमिक निर्धारण गर्ने तथा गाभ्नेरगाभिने एवम् प्राप्तीसंग सम्वन्धित प्रचलित कानून तथा निर्देशनहरु अनुरुप अपानाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक सम्पूर्ण कार्यहरु गर्न गराउनको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । 

    वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीहरुमा संस्थाको चुक्ता पुँजी शंसोधन तथा अन्य आवश्यक संशोधन गर्नु पर्ने भएमा छलफल गरी शंसोधन गर्ने लगायतका अन्य प्रस्ताव पारित गर्ने भएको छ ।

    कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज १७ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

     

     


    images
    images

    Logo