काठमाडौं । सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको आज भदौ ३१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ५.७९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाखको ५.७९ प्रतिशतले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६ सय ५२ रुपैयाँ ९६ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।