images
images

युनिक नेपाल लघुवित्तले गर्यो लाभांश घोषणा


  • 1.0K
    SHARES
  • २०८० भाद्र ३१ गते आइतबार

    युनिक नेपाल लघुवित्तले गर्यो लाभांश घोषणा

    काठमाडौं । युनिक नेपाल लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ ३० गते बसेको संचालक समितिको बैठकले  आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

    जस अनुसारकम्पनीले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

    विभिन्न कारणहरुले गर्दा स्थापना कालदेखि हाल पाँचवर्षसम्म शेयरधनीहरुलाई लाभांस वितरण नगरेको हुनाले गत आर्थिक वर्ष २०७९/८० सम्मको लाभांश बाँड्ने मिल्ने कोष र राष्ट्र बैंकले पछिल्लो पटक जारी गरेको निर्देशन समेतलाई ध्यानमा राखी यो वर्ष शेयर बोनस र कर प्रयोजनको नगद लाभांस सहितको २० प्रतिशत सम्म बाड्नकोलागि नेपाल राष्ट्र बैंकमा प्रस्ताव पेश गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।

    नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।


    images
    images

    Logo