images
images

एभरेष्ट बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति  ?


  • 1.3K
    SHARES
  • २०८० भाद्र २७ गते बुधबार

    एभरेष्ट बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति  ?

    काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आज भदौ २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट सेयरधनीलाई २०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

    जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि १०.५३ प्रतिशत नगद गरि कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

    यस संगै एभरेष्ट आर्थिक वर्ष ७९/८० को मुनाफाबाट लाभांश प्रस्ताव गर्ने दोस्रो वाणिज्य बैंक बनेको छ । माछापुच्छ्रे बैंकले यस अघि नै लाभांश प्रस्ताव गरि साधारणसभा समेत आह्वान गरिसकेको छ । 

     

     


    images
    images

    Logo