काठमाडौं । प्रभु सेलेक्ट फण्डले लाभांश घोषणा गरेको छ । प्रभु क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको प्रभु सेलेक्ट फण्डको आर्थिक बर्ष २०७९/८० को लाभांश घोषणा गरेको हो।
फण्डले इकाईधनीहरुलाई कर सहित ९.५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश बितरणको लागि बुक क्लोज पछि तय गरिने क्यापिटलले जनाएको छ ।