काठमाडौं । रुस विश्वकै सबैभन्दा भ्रष्ट देशको रुपमा सूचीकृत भएको छ । अमेरिकी समाचार संस्था युएस न्यूजको सर्भेक्षण अनुसार विश्वका ८७ मुलुकमा गरिएको अध्ययनले रुसलाई सबैभन्दा बढी भ्रष्टाचार हुने देश मानेको हो ।
रिपोर्ट अनुसार सबैभन्दा बढी भ्रष्टाचार हुने १० देशहरुमा रुसपछि क्रमशः इरान, कोलम्बिया, मेक्सिको, जिम्बाबे, एल साल्भेडोर, म्यान्मार, बेलारुस, बंगलादेश र लेबनान छन् ।
त्यस्तै, विश्वकै सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकहरुमा भने स्वीजरल्याण्ड पहिलो स्थानमा छ । त्यस्तै, क्यानडा, स्वीडेन, अष्ट्रेलिया, नेदरल्यान्ड, डेनमार्क, फिनल्यान्ड, न्यूजिल्यान्ड, बेल्जियम र नर्वे यो सूचीको उत्कृष्ठ १० भित्र परेका छन् ।
कम भ्रष्टाचार हुने सूचीमा अमेरिका भने २५ औं नम्बरमा रहेको छ । त्यस्तै, बेलायत १४ औं, जापान १६ औं स्थानमा रहँदा भारत ६९ औं तथा चीन ६३ औं नम्बरमा रहेको जनाइएको छ ।
उक्त अध्ययनमा नेपाल जस्ता सानो अर्थतन्त्र भएका मुलुकहरु भने समावेश गरिएको छैन ।



