काठमाडौं । उसिना चामलको निर्यातमा भारतले २० प्रतिशत कर लगाएको छ । भारतको वित्त मन्त्रालयल अगस्ट २५ देखि लागु हुने गरि उक्त निर्यात शुल्क लगाएको हो ।
उक्त निर्यात शुल्क अक्टोबर १६ तारिखसम्म लागू रहने भारतको वित्त मन्त्रालयले जनाएको छ ।
चामलमा निर्यात शुल्क लगाउँदा स्टक बढ्ने र मूल्यमा कमी आउने मन्त्रालयले जनाएको छ । यसले आममानिसलाई राहत पुग्ने मन्त्रालयको विश्वास छ ।
यसअघि भारत सरकारले चामलको कनिका र गैरबासमती चामल र गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारी वर्षाका कारण धान उत्पादनमा कमी आउने अनुमानका साथ भारतले यस्तो निर्णय गरेको हो ।
भारतले सरकारले घरेलु बजारमा प्याजको भाउ नियन्त्रण गर्न निर्यातमा ४० प्रतिशत शुल्क लगाएको छ । यस्तो शुल्क आउँदो डिसेम्बरसम्म कायम रहने बताइएको छ ।



