काठमाडौं । ज्योति क्यापिटलले लाभांश घोषणा गरेको छ । साउन ३१ गते बसेको क्यापिटल सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
क्यापिटलले हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । क्यापिटलले प्रस्तावित लाभांश पारित गर्न भदौ ३१ गते बिहान ९ बजे बस्नेगरि साधारणसभा बोलाएको छ ।