काठमाडौं । राष्ट्रिय बीमा संस्थानले विशेष साधारणसभा बोलाएको छ । कम्पनीले साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले भदौ १५ गतेसंस्थानको प्रधान कार्यालयमा दिउँसो ३ः३० बजे बजे बस्नेगरि सभा बोलाएको छ । सभाले बीमा ऐन २०७९ को दफा १७२ बमोजिम राष्ट्रिय बीमा संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने प्रस्ताव पेश गर्नेछ ।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली स्वीकृत गर्ने, संस्थानलाई कम्पनीमा परिणत गर्दा गर्नुपर्ने कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गर्ने जनाएको छ ।