काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको लाभांश पुनः संशोधन भएको छ। शनिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
लघुवित्तले अब नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको छ । बैठकले आर्थिक वर्ष २०७८/२०७९ को मुनाफाबाट कर सहित १५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रताव गरेको छ । सो लाभांश नेपाल राष्ट्र बैंकले स्विकृति दिइ कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ।
कम्पनीले सुरुमा ५० प्रतिशत बोनस शेयर प्रस्ताव गरेकोमा अहिले १५ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने भएको छ । विद्यमान विषम परिस्थितीमा संस्थाको वित्तीय अवस्थामा प्रत्यक्ष नकरात्मक प्रभाव पार्ने भएकोले लाभांश संशोधन गरि नगद मात्र वितरण गर्न प्रस्ताव गरिएको कम्पनीले जनाएको छ ।
