काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले बार्षिक साधारणसभा बोलाएको छ । असार २८ गते बसेको सञ्चालक समितिको बैंठकले सो निर्णय गरेको हो । कम्पनीले भदौ ५गते नेपाल प्रज्ञा प्रतिष्ठान,कमलादीस्थित,काठमाडौंमा विहान ११ः३० बजे बजे बस्नेगरि सभा बोलाएको छ ।
सभाले आर्थिक वर्ष २०७८/७९को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ । यसका साथै, सभाले लेखापरीक्षणको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७८/७९ को (नाफा–नोक्सान) हिसाब, नगद प्रवाह विवरण तथा इक्वीटीमा भएको परिवर्तन उपर छलफल गरी पारित गर्नेबारे ।
सभाले आयोजना प्रभावित दोलखा जिल्लास्थित विभिनन सामाजिक संस्थाहरुलगायत अन्य संस्थाहरुलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णय र व्यवस्थापनलाई प्राप्त अख्तियारीभित्र रही आर्थिक वर्ष २०७८÷/७९मा आर्थिक सहयोग उपलब्ध गराइएको रकम अनुमोदन गर्नेछ ।
सो प्रयोजनका लागि कम्पनीले साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।



