काठमाडौं । एनआईबिएल सहभागिता फण्डले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
एनआईबिएल सहभागिता फण्का इकाइधनीहरुलाई कर सहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । साथै सो प्रयोजनका लागि फण्डले साउन ११ गते नै बुक क्लोज गरिसकेको छ । तसर्थ साउन ११ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र उक्त लाभांश लिन पाउनेछन् ।