काठमाडौं । समाज लघुवित्तले बुक क्लोजको मिति तय गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
लघुवित्तले साउन ३१ गते सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले साउन २१ गतेदेखि साउन ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।
तसर्थ साउन २० गतेसम्म कायम भएका शेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको लाभांश लिन र साधारणसभामा सहभागी हुन पाउनेछन् ।
लघुवित्तले गत वर्षको मुनाफाबाट चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।