images
images

रेडियो नेपालले माग्यो कर्मचारी, कहिलेसम्म दिने आवेदन ?


  • 454
    SHARES
  • २०८० आषाढ २९ गते शुक्रबार

    रेडियो नेपालले माग्यो कर्मचारी, कहिलेसम्म दिने आवेदन ?

    काठमाडौं । रेडियो नेपालले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । शुक्रबार  रेडियो प्रसार सेवा विकास समितिले सूचना जारी गर्दै ३८ जना कर्मचारी माग गरेको हो ।

    रेडियो नेपालले उपनिर्देशक (इन्जिनियरिङ), मुख्य प्रशासकीय अधिकृत, वरिष्ठ प्रशासकीय अधिकृत, इन्जिनियर, वरिष्ठ कार्यक्रम अधिकृत, प्रकासकीय अधिकृत, लेखा अधिकृत, गायनरवाद्य संयोजक, सम्पादक (नेपाली) संवाददाता, सहसमाचार वाचक (लिम्बू), सहसमाचार वाचक (मगर), सहायक लेखापाल र कार्यक्रम सहायक एक(एक जना कर्मचारी माग गरेको छ ।

    त्यसैगरी, रेडियो नेपालले प्रधान सहायक प्रशासन र लेखापाल प्रशासनरआर्थिक प्रशासन, सहसमाचार वाचक (भोजपुरी) २(२ जना, वरिष्ठ प्राविधिक सहायक (इन्जिनियरिङरप्राविधिक) मा ७ जना र प्राविधिक सहायकमा ८ जना कर्मचारी माग गरेको छ ।

    उक्त पदहरुका लागि इच्छुक तथा योग्ता पुगेका नागरिकले साउन १८ सम्म दिन सक्नेछन् । साथै दोब्बर दस्तुर तिरेर साउन २५ सम्म आवेदन दिन सकिने लोकसेवा आयोगले जनाएको छ ।

    ss.JPG

     


    images
    images

    Logo