images
images

रेड्मी ए२ र ए२ प्लस नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?


  • 508
    SHARES
  • २०८० आषाढ २७ गते बुधबार

    रेड्मी ए२ र ए२ प्लस नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?

    काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी ए२ र ए२ प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ।

    उत्कृष्ट फिचरहरु र शक्तिशाली प्रदर्शनले भरिपूर्ण यी दुवै नयाँ फोनले सुलभ मूल्यमा प्रयोगकर्ता समक्ष उल्लेखनीय अनुभव प्रदान गर्दछ। यी दुवै फोनमा दुई वर्षको वारेन्टी पनि रहेको छ।

    इमर्सिभ डिस्प्ले, प्रभावशाली क्यामेरा क्षमता, स्टाइलिश डिजाइन, शक्तिशाली पर्फर्मेन्स र लामो समयसम्म चल्ने ब्याट्री लाइफलगायतका सुविधाका साथ रेड्मीका यी दुवै फोनले देशको स्मार्टफोनको परिदृश्यलाई पुनः परिभाषित गर्दछ।

    लन्चको बारेमा चर्चा गर्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पण्डाले भने, ‘रेडमी परिवारमा लेटेस्ट एडिसनका रुपमा रेड्मी ए२ र ए२ प्लसलाई सहज र छरितो पर्फर्मेन्स प्रदान गर्न निर्माण गरिएको हो। टप अफ द लाइन स्पेसिफिकेसन र शक्तिशाली भिजुअलहरु प्रस्तुत गर्दै यी फोन नेपाली स्मार्टफोन बजारमा आक्रामक रुपमा उत्रिन तयार छन्।’

    उपलब्धता

    रेड्मी ए२ र ए२ प्लस ३ रङस् लाइट ब्लू, लाइट ग्रीन र कालोमा उपलब्ध छ।

    २जीबीं३२जीबीको स्टोरेज भेरियन्टमा रेड्मी ए२ उपलब्ध छ भने रेड्मी ए२ प्ल्स दुईवटा स्टोरेज भेरियन्ट २जीबीं३२जीबी र ३जीबी ६४जीबी मा उपलब्ध छ। जसमा १टीबीसम्म एक्स्पान्डेबल स्टोरेजको सपोर्ट रहेको छ।

    रेड्मी ए२ २जीबीं३२जीबी भेरियन्टको मूल्य १० हजार ४ सय ९९ रूपैयाँ रहेको छ।

    रेड्मी ए२ प्लस २जीबीं३२जीबी र ३जीबीं६४जीबी भेरियन्टको मूल्य ११ हजार ४ सय ९९ रूपैयाँ र ११ हजार ९ सय ९९ रूपैयाँ रहेको छ।

    यी स्मार्टफोनहरु देशभरका आधिकारिक मी स्टोर र शाओमीका अधिकृत रिटेलरमा आज असार २५ गतेदेखि उपलब्ध रहेका छन्।


    images
    images

    Logo