काठमाडौं । सुनचाँदी बजारमा आज पनि सुनको मूल्य बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ ।
मंगलबार प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैयाँले बढेर १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।