काठमाडौं । सिटिजन्स बैंकले संस्थापक शेयर विक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी तारा विष्टको नाममा रहेको कुल ११ लाख कित्ता शेयर विक्री गर्न लागेको हो ।
सो शेयरमा संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेपछि बैंकले उक्त शेयर सर्वासधारणलाई विक्री गर्न लागेको छ ।
उक्त शेयरको मूल्य न्युनतम १ सय ३५ रुपैयाँ तोकिएको छ । उक्त शेयर गर्नका लागि इच्छुक नागरिकले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आइपुग्नेगरी आवेदन दिन बैंकले अनुरोध गरेको छ ।