images
images

आईएमई लाइफको आईपीओमा आवेदन दिने मिति सर्याे, अब कहिले दिने आवेदन ?


  • 862
    SHARES
  • २०८० आषाढ २० गते बुधबार

    आईएमई लाइफको आईपीओमा आवेदन दिने मिति सर्याे, अब कहिले दिने आवेदन ?

    काठमाडौं । आईएमई लाइफको आईपीओमा आवेदन दिने मिति सरेको छ । आज बुधबार देखि निष्काशन हुने भनिएको उक्त आईपीओ अब असार २१ गते बिहीबारदेखि मात्रै निष्काशन हुने कम्पनीले जनाएको छ । प्राविधिक कारणले निष्काशन अवधि परिवर्तन गरिएको इन्स्योरेन्सले जनाएको छ।

    कम्पनीले कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३६.९१ रुपैयाँका दरले १ लाख २० हजार कित्ता निष्काशन गर्न लागेको छ।

    जसमध्ये १२ लाख कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि छुट्याइ बाँडफाँट गरिसकेको छ भने ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि, ६ लाख कित्ता कर्मचारीका लागि र बाँकी रहेको ९६ लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको कम्पनीले जनाएको छ ।

    उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सो आईपीओ निष्काशन बन्द छिटोमा असार २५ गते र ढिलोमा साउन ४ हुनेछ ।

    कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। 


    images
    images

    Logo