काठमाडौं । काठमाडौं महानगरपालिकाले फिल्म हल र क्यासिनाको टिकट डिजिटल गर्न े निर्देशन दिएको छ । महानगरका नगर प्रमुख बालेन शाहाले फिल्म हल, क्यासिनो फन पार्कलगायतलाई ३० दिनभित्र डिजिटल प्रणाली सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन् ।
महानगरले कर छली गरिएको छ कि छैन भनेर नियमन गर्न मनोरञ्जन करदाताको डिजिटल प्रणालीको डाटा माग गरेको जनाएको छ ।
साथै, मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क संकलन गरेको भएमा ३ दिनभित्र प्रणालीमा विवरण प्रविष्ट गर्न पनि भनेको छ।
‘मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क संकलन गरेको भए तीन दिन भित्र र डिजिटल प्रणाली सञ्चालनमा नआएको भए ३० दिन भित्र प्रवेश शुल्क डिजिटल प्रणाली सञ्चालनमा ल्याइ उक्त प्रणलीमा काठमाडौं महानगरपालिका राजश्व विभागलाई पहुँच गराउनुहुन जानकारी सहित निर्देशानुसार अनुरोध छ ।’ महानगरको पत्रमा लेखिएको छ ।



