images
images

तेलको मूल्य फेरि बढाउने प्रयासमा साउदी र रुस


  • 479
    SHARES
  • २०८० आषाढ १९ गते मंगलबार

    तेलको मूल्य फेरि बढाउने प्रयासमा साउदी र रुस

    साउदी अरेबिया र रुसले तेल आपूर्तिमा कटौती गर्ने बताएका छन् । विश्वव्यापी आर्थिक मन्दीका कारण ऊर्जा खपत कम हुने भन्दै आफ्नो तेल उत्पादनमा कटौती गर्ने घोषणा गरेको हो । 

    कच्चा तेल निर्यातका लागि सबैभन्दा ठूलो निर्यातक मानिने साउदी अरेबियाले अगस्टको अन्त्यसम्ममा आफ्नो तेल उत्पादनमा दैनिक १० लाख ब्यारेल कटौती गर्ने बताएको छ । शनिबारदेखि लागु भएको यो कटौती मूलतः तेलको मूल्यलाई बढाउने प्रयासमा जुलाईको अन्त्यसम्ममा कायम राख्ने उद्देश्य लिइएको थियो । 

    रुसका उपप्रधानमन्त्री अलेक्जेण्डर नोभाकले आफ्नो देशले अगस्टमा स्वेच्छिक रुपमा नै प्रतिदिन ५ लाख ब्यारेल आपूर्ति कटौती गर्ने बताए । रुसले मार्चमा गरेजत्तिकै आपूर्तिमा कटौती गर्ने र त्यसले मूल्यमा वृद्धि हुनेबारे नोभाकको कार्यालयलाई उद्धत गर्दै रोयटर्सले रिपोर्ट गरेको छ । 

    घोषणाका कारण अन्तर्राष्ट्रिय मानक बे्रन्ट क्रुडको मूल्यमा ०.७ प्रतिशतले वृद्धि भई बिहानको सवा ७ बजे पूर्वीय समयमा प्रति ब्यारेल ७६ अमेरिकी डलरमा बिक्री भयो । अमेरिकी बेन्चमार्क वेस्ट टेक्सस इन्टरमेडिएट (डब्लूटीआई) ०.८ प्रतिशतले वृद्धि भएर ७१ अमेरिकी डलर प्रति ब्यारेल पुग्यो । मार्चमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि १४ वर्ष यताकै उच्च विन्दुमा पुगेको तेलको मूल्य गत वर्ष देखि ४० प्रतिशत भन्दा धेरैले घटेको छ ।  

    अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का अनुसार साउदी अरबलाई आफ्नो बजेट सन्तुलनमा राख्न बेन्ट क्रुड प्रति ब्यारेल ८१ अमेरिकी डलरको आवश्यकता छ । एक दशकमा पहिलोपटक सन् २०२२ मा बजेट सन्तुलन भएको साउदी अरेबिया यसपटक फेरि घाटामा फर्किएको छ । 

    पेट्रोलियम निर्यात गर्ने देशहरुको संगठन (ओपेक) र ओपेक प्लस भनेर चिनिने रसिया र अन्य साना  देशहरुबीच जुनमा भएको वैठक पछि साउदी अरेबियाले पहिलो पटक १० लाख ब्यारेल कटौतीको घोषणा गर्यो । 

    ऊर्जा मन्त्रालयको आधिकारीक स्रोतले साउदी प्रेस एजेन्सीलाई बताए अनुसार, ‘यो अतिरिक्त स्वेच्छिक कटौती तेल बजारको स्थिरता र सन्तुलनलाई समर्थन गर्ने उद्देश्य लिई ओपेक प्लस देशहरुले गरेका सावधानीका प्रयासहरुको प्रतिफल हो’ ।

    रियादले जुनमा प्रारम्भ गरेको दैनिक ५ लाख ब्यारेल तेल कटौती अर्को वर्षको अन्तिम सम्म जारी राख्नेबारे वैठकमा बताएको थियो । यो कटौतीले साउदी अरेबीयाको तेल उत्पादन दैनिक ९० लाख ब्यारेल रहनेछ । 

    विश्वव्यापी मागको निराशाजनक पूर्वानुमान र २०२४ को अन्त्यसम्ममा उत्पादन घटाउने अन्य ओपेक प्लस सदस्यहरुले गरेका प्रतिवद्धताका कारण कोभिड महामारीपछि भर्खरै मात्र सुधारिन थालेको चिनियाँ अर्थतन्त्रमा खासै ठूलो सुधार नहुने देखिन्छ । 

    सोमबार सार्वजनिक गरिएको चिनियाँ कारखाना सर्वेक्षणको तथ्यांकले गत महिना विश्वको दोस्रो ठूलो अर्थतन्त्रको गतिविधिमा सामान्य वृद्धि भएके संकेत गरेको छ । केही व्यवसायहरुमा कर्मचारी कटौती भएका कारण बिक्री अपेक्षित भन्दा खराब देखिएको छ । 

     

    सीएनएन


    images
    images

    Logo