images
images

अर्घाखाँचीमा पहिरो अपडेट : तीन जनाको मृत्यु


  • 308
    SHARES
  • २०८० आषाढ १९ गते मंगलबार

    अर्घाखाँचीमा पहिरो अपडेट : तीन जनाको मृत्यु

    काठमाडौं । अर्घाखाँचीको पणेनामा आज विहान साढे ६ बजे आएको पहिरोमा परी ३ बालबालिकाको मृत्यु भएको छ । पहिरोले पुरिएका चार बालबालिकामध्ये एकको सकुशल उद्धार भएको र तीनको मृत्यु भएको पाणिनी गाउँपालिकाका निर्वतमान अध्यक्ष तथा स्थानीय अच्युत गौतमले जानकारी दिए । 

    पाणिनि–१ पणेनाको गोहनपानीमा घरमाथिबाट खसेको पहिरोमा च्यापिएर उनीहरुको मृत्यु भएको उहाँको भनाइ छ । मृत्यु हुनेमा  ११ वर्षे अञ्जु रास्कोटी, १० वर्षे धनबहादुर रास्कोटी र १२ वर्षे खुमबहादुर रास्कोटी रहेको उनले जानकारी दिए । 

    साथै सकुशल उद्धार गरिएका १४ वर्षे सचिन रास्कोटीलाई उपचारका लागि पाल्पा पठाइएको वडा नं १ का अध्यक्ष कमल पोख्रेलले जानकारी दिए । घरमा ६ जना बस्दै आएकोमा २ जना गोठको  काम गरिरहेका अवस्थामा पहिरो खसेको थियो ।


    images
    images

    Logo