images
images

मलेसियालाई २ सय २१ रनले हराउँदै नेपाललाई उपाधि


  • 382
    SHARES
  • २०८० आषाढ १९ गते मंगलबार

    मलेसियालाई २ सय २१ रनले हराउँदै  नेपाललाई  उपाधि

    काठमाडौं । नेपालले एसिसी यू–१६ पूर्वी क्षेत्रिय कप क्रिकेटको च्याम्पियन बनेको छ । नेपालले फाइनल खेलमा मलेसियालाई २ सय २१ रनले उपाधि जितेको हो ।  

    मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २ सय ५२ रन बनायो । २ सय ५३ रनको विजयी लक्ष्य पछ्याउने क्रममा मलेसियाको पारी १४.५ ओभरमा ३१ रनमै समेटियो । मलेसियाका लागि मोहम्मद अक्रमले १० रनाए । अन्य खेलाडीले दोहरो अङ्कको रन बटुल्न सकेनन् । 

    बलिङतर्फ नेपालका लागि कप्तान अभिषेक तिवारीले ६ ओभरमा एक मेडन राख्दै ७ रन दिएर ५ विकेट लिए । यस्तै सन्तोष यादवले तीन तथा सागर गैरेले एक विकेट लिए । 

    यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि नरेन भट्टले शतकीय पारी खेले । उनले ८९ बल खेल्दै दुई छक्का र १० चौकाको मद्दतमा अविजित एक सय १२ रन बनाए । यस्तै नीरज यादवले ४७, सुर्यांशु कोइरालाले  १८, सन्तोष यादवले २६ र अशोक धामीले ११ रन बनाए । 

    बलिङतर्फ मलेसियाका मुहम्मद अक्रमले तीन तथा आरिन एक्विल र मुहम्मद फदुल मुइनले एक÷एक विकेट लिए । सोमबार नेपालले सिङ्गापुरलाई तथा मलेसिया हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए ।  


    images
    images

    Logo