images
images

दुर्घटनामा घाइते प्राडा यादवको निधन


  • 402
    SHARES
  • २०८० आषाढ १८ गते सोमबार

    दुर्घटनामा घाइते प्राडा यादवको निधन

    काठमाडौं । दुर्घटनामा घाइते सप्तरीका प्राडा पञ्चदेव यादवको ६३ वर्षको उमेरमा आज निधन भएको छ । 

    नेपाल राष्ट्रिय प्राध्यापक सङ्घ मधेस प्रदेशका अध्यक्ष एवं महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका प्राडा यादवको उपचारका क्रममा निधन भएको परिवारका सदस्यले बताएका छन् । प्राडा यादवको साढे एक महिनादेखि विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको थियो ।a

    यादव प्याब्सन सप्तरीको दुई कार्यकाल अध्यक्ष रही हाल प्याब्सन मधेस प्रदेशको  प्राज्ञिक सल्लाहकार थिए । उनी सप्तरीमा क्रियाशील सामुदायिक सेवा केन्द्र र मैथिली साहित्य परिषद्को आजीवन सदस्यसमेत थिए । 

    ज्ञानज्योति सेकेन्डरी स्कुल राजविराजका संस्थापकसमेत रहेका यादव गत जेठ ३ गते राजविराज नगरपालिका–२ स्थित राजविराज–हनुमाननगर सडकखण्डमा सवारी दुर्घटनामा परेका थिए । विराटनगरमा शव परीक्षण पश्चात आजै उनको जन्मस्थान राजविराज नगरपालिका–१३ स्थित बिषहरियामा दाहसंस्कार हुने परिवारले जनाएको छ । 


    images
    images

    Logo