काठमाडौं । काठमाडौं महागरपालिका भित्र पर्ने निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरुलाई वितरण गर्ने छात्रवृत्ति छनोट परीक्षा २०८०/८१ देखि महानगर आफैले सञ्चालन गर्ने भएको छ । महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्तो जानकारी दिएका हुन् ।
मेयर बालेन्द्र शाहका अनुसार सो परीक्षा पछि सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब जेहेन्दार पिछडिएको क्षेत्र तथा आदिवासी जनजातिलगायतका छनोटका आधारमा योग्यताक्रम अनुसार छात्रवृत्ति वितरण गरिने जानकारी दिएका हुन् ।
उनले लेखेका छन् ‘ काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भए बमोजिम काठमाडौँ महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोट सम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०/०८१ देखि काठमाडौँ महानगरपालिकाले आफै नै सञ्चालन गरी सामुदायिक विद्यालयमा अध्ययन गरेको , जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाती, आदिवासी,गरिव लगायतका छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति प्रदान गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’



