काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार छापावाला सुनको मूल्य १ लाख १० हजार रुपैयाँ कायम भएको छ ।
आइतबार प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ सय रुपैयाँले घटेर १ लाख १० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम गरिएको छ भने प्रतितोला १ हजार ३ सय ७० रुपैयाा कायम गरिएको महासंघले जनाएको हो ।