images
images

नारायणगढ–मुग्लिन सडक  दुइतर्फी  सञ्चालन


  • 266
    SHARES
  • २०८० आषाढ १८ गते सोमबार

    नारायणगढ–मुग्लिन सडक  दुइतर्फी  सञ्चालन

    काठमाडौं । पहिरोका कारण अवरुद्ध नारायगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा आज बिहान  पुनः पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो ।   

    पहिरो पन्छाइ सडक दुइतर्फी सञ्चालन  गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । 

    पहिरोसँगै खसेको ढुङ्गाले लागेर ना ६ख ७१० नम्बरको ट्रक  चालकसमेत घाइते भएका छन् । घाइते चालकको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

     यसअघि शनिबार रातिदेखि बन्द भएको सडक झण्डै १८ घण्टापछि  आइतबार  साँझपख मात्रै खुलेको थियो । सोही स्थानमा गत विहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुदैँ आएको छ ।  


    images
    images

    Logo