काठमाडौं । थ्रीस्टार हाइड्रोपावरको आईपीओ बाँडफाँटको मिति तय गरिएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको सो आईपीओ असार १९ गते मंगलबारबाँडफाँट गरिने भएको हो ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथा विधिबाट १० कित्ताका दरले शेयर वितरण हुनेछ । १० कित्ताका दरले शेयर बाँडफाँट गर्दा ६१ हजार ३ सय १६ आवेदकले मात्रै सो शेयर पाउने भएका छन् ।
कम्पनीको सर्वसाधारणका लागि असार ५ गतदेखि असार ८ गतेसम्म आईपीओ निष्काशन गरेको थियो । कम्पनीले कुल ६ लाख १३ हजार १ सय ६२ कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गरेको थियो । सोही आईपीओ मंगलबार बाँडफाँट गर्न लागेको कम्पनीले जनाएको छ ।